+
+

अख्तियारले ललितपुरका मेयरलाई बुझायो बयानका लागि बोलाएको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १४:४८

२० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई बयानका लागि बोलाएको पत्र बिहीबार बुझाएको छ ।

बाढी पीडितलाई रकम वितरण गरेको र प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि बोलाइएको छुट्टाछुट्टै पत्र बिहीबार अख्तियारका कर्मचारीले मेयर महर्जनलाई बुझाएको हो ।

दुबै पत्र अख्तियारका कर्मचारीले बिहीबार दिउँसो मेयर महर्जनलाई कार्यकक्षमै पुगेर दिएका अख्तियार स्रोतले जनाएको छ ।

अख्तियारले २०७७ सालमा धापाखेल क्षेत्रका बाढी पीडितलाई महानगरको कार्यपालिका बैठकको निर्णय विपरीत डेढ लाख र दुई लाख रुपैयाँ राहत दिएका विषयमा उजुरी परेको भन्दै बयानका लागि महर्जनलाई बोलाएको छ । त्यस्तै प्रेस संयोजक नियुक्तिका विषयमा पनि उनलाई बयानका लागि बोलाइएको छ ।

अख्तियारले मेयर महर्जनलाई २६ र २८ असारमा टंगालस्थित कार्यालयमा बयान दिन आउन भनेको छ ।

ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त सुमित्रा अमात्यको चाकुपाटस्थित घरले सार्वजनिक जग्गा मिचेको भन्दै डोजर लगाएपछि अख्तियारले त्यसको भोलिपल्ट मेयर महर्जनलाई बयानका लागि बोलाएको पत्र बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?