+
+

एमालेले भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने काम नगर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १५:१८
एमाले महासचिव शंकर पोखरेल

२० असार, काठमाडौं । नेकपा एमालेले अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको एमालेले उल्लेख गरेको छ । ‘…अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन एमाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गर्दछ’, महासचिव पोखरेलले विज्ञप्तिमा भनेका छन् ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । त्यसपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले बुधबारै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

हेर्नुहोस् एमालेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?