+

युनाइटेडका प्रशिक्षक टेन हागको सम्झौता नवीकरण, २०२६ सम्म क्लबमै रहने

२०८१ असार  २० गते १७:१४ २०८१ असार २० गते १७:१४
युनाइटेडका प्रशिक्षक टेन हागको सम्झौता नवीकरण, २०२६ सम्म क्लबमै रहने

२० असार, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले सम्झौता नवीकरण गरेका छन् ।

हागले सम्झौता नवीकरणमा हस्ताक्षर गरेपछि उनी २०२६ सम्म युनाइटेडमै रहनेछन् । सन् २०२२ मा प्रशिक्षक नियुक्त भएका टेन हागको यसअघिको सम्झौता २०२५ मा सकिने थियो ।

डच क्लब आयाक्सबाट युनाइटेड पुगेका हागले ओल्ड ट्राफोर्ड दुई वर्ष बिताउँदा दुई ट्रफी जितेका थिए । ‘सँगै काम गर्ने विषयमा क्लबसँग सहमति हुँदा म एकदमै खुशी छु,’ ५४ वर्षीय टेन हागले भने ।

पछिल्लो दुई वर्षमा दुई ट्रफी जितेको उनले बताए । हागले अझै पनि कडा मिहिनेत गर्नुपर्ने कुरामा स्पष्ट हुनुपर्ने जोड दिए ।

टेन हाग म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय