+
+

मुकुलको प्रतिवेदनमा रवि लामिछानेमाथि प्रश्नैप्रश्न (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १७:०८

२० असार, काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । पार्टीका कार्यवाहक प्रवक्ता  मनिष झाले वितरण गरेको इमेलमार्फत ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।

बिहीबार अपराह्न पठाइएको प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् ।

उनले रुपचन्द्र विष्टका ‘थाहा’ विचारपन्थी लाइनहरु विभिन्न ठाउँमा उल्लेख गर्दै पार्टीभित्र किन ग्यालेक्सी टिभीबाट आएका पत्रकारहरुको बर्चस्व बढ्यो भनी प्रश्न गरेका छन् ।

उनले सभापति रवि लामिछानेमाथि यसअघि कहिल्यै नउठेको प्रश्न पटक पटक उठेको भन्दै आलोचना गरेका छन् ।

चेसमा रानी धेरै नचले पनि रवि लामिछाने एकदमै धेरै चलेको प्रतिवेदनमा उल्लेख छ । ‘जीबी राई समातिँदैनन् भने प्रतिपक्षी हुँदै किन म्याद नै तोकेर समात्ने कुरा गरेको,’ ‘सिधा कुरा कार्यक्रममा बोलेका कुरा सभापतिले बिर्सनुभएको होला तर जनताले सम्झिरहेका छन् ।’

उनले रवि लामिछानेको ब्लु बसदेखि रोजगारी सिर्जना गर्ने बाचा किन अधुरो रह्यो भनी सोधेका छन् ।

ढकालको प्रतिवेदनमा प्रचण्ड वा केपी ओलीसँग मिल्नुभन्दा बालेनसँग मिल्नु जाति भनेर सुझाव आएको पनि उल्लेख छ । उनले कांग्रेस र एमालेका नेताविशेषबारे पनि त्यसमा उल्लेख गरेका छन् ।

प्रतिवेदनको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?