+
+

काठमाडौं प्रहरी अर्को साताबाट भद्रकालीस्थित नयाँ भवनमा सर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १७:२७

२० असार, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले अर्को साताबाट भद्रकालीस्थित नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

एक अर्बभन्दा बढी लगानीमा तयार भएको भवनबाट २६ असारबाट सेवा प्रवाह गर्न सुरु गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले भद्रकालीस्थित नवनिर्मित भवनको उद्घाटन गर्ने तयारी छ । २०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो ।

भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासत सहितको संरचना छ ।

निर्माणाधीन अवस्थामा अनलाइनखबरले केही समयअघि बनाएको भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?