+
+

स्वस्थ शिशुको प्रतिस्पर्धा गर्दै प्रसूति अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १७:४७

२० असार, काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा स्वस्थ शिशु प्रतिस्पर्धा हुने भएको छ ।

अस्पतालले ३० साउनमा यो प्रतिस्पर्धा गर्न लागेको हो । प्रतिस्पर्धामा भाग लिने शिशुहरू प्रसूति गृह थापाथलीमै जन्मेको हुनु पर्नेछ ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार अस्पतालले प्रत्येक वर्ष कृष्ण अष्टमीको अवसर पारेर स्वस्थ शिशुको प्रतिस्पर्धा आयोजना गर्दै आएको बताए । उक्त प्रतिस्पर्धामा सहभागी भई उत्कृष्ट भएका तीन शिशुलाई अस्पतालले पुरस्कार वितरण गर्छ ।

अस्पतालले प्रतिस्पर्धाबाट छानिएका शिशुहरूलाई १ भदौमा हुने ६०औँ वार्षिकोत्सवका दिन पुरस्कृत गर्नेछ । डा. अधिकारीका अनुसार शिशुलाई जन्मेदेखि ४५ दिनभित्र, ४५ दिनदेखि ६ महिनाभित्र र ६ महिनादेखि १ वर्षभित्र गरी ३ क्याटागोरीमा विभाजन गरिने छ । ‘प्रतिस्पर्धामा भाग लिनका लागि एक महिनाभित्र आवेदन दिइसक्नुपर्नेछ,’ डा. अधिकारीले भने ।

शिशुहरूको पोषण, शारीरिक तथा मानसिक विकासक्रम लगायतका स्वस्थ मानिने इन्डिकेटरहरूको जाँच गरिनेछ । बच्चा जन्मिएको समयको तौल, उमेर अनुसारको माइलस्टोन डेभलपमेन्ट, बच्चाको शारीरिक बनावट, पोषण लगायतका पक्षका आधारमा उत्कृष्ट छनोट गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?