+
+

अध्यक्ष र महासचिव बाहेक पदाधिकारी सर्वसम्मत भनिएकोमा रामकुमारीको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १८:४६

२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेतामा सर्वसम्मत निर्णय गरेको छ ।

बिहीबार महाधिवेशन हलले अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरेको हो ।

अन्य पदाधिकारीको निर्णय सचिवालयले गर्ने महाधिवेशन हलमा सम्मानित नेता झलनाथ खनालले घोषणा गरेका थिए ।

महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले खनालको उक्त घोषणामा असहमति जनाएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘अध्यक्ष र महासचिवको सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्यौं/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी ? को सदस्य, खै त खनाल कमरेड ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?