
२० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ५० जना करदातालाई सम्मान गरेको छ ।
महानगरको विकास निर्माण, सेवा प्रवाह, व्यवस्थापन लगायतमा करदाताको योगदान महत्त्वपूर्ण रहेको भन्दै उनीहरूलाई सम्मान गरिएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले बिहीबार एक कार्यक्रमको आयोजना गरी करदातालाई सम्मान गरेको हो ।
३ वर्षदेखि नियमित कर तिर्ने करदाता मध्येबाट ५० जना करदाता छनोट गरी सम्मान गरिएको ३० नम्बर वडाका वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए ।
वडाध्यक्ष कार्कीले भने, ‘नागरिक अपेक्षालाई केन्द्रमा राखेर काम गरिरहेका छौं । करदातालाई सहज दरमा कर लिएर अधिक सेवा दिने हाम्रो उद्देश्य हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4