+
+

रवि लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १९:२३

२० असार, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदावी सहित परेको रिट निवेदनमा दुई न्यायाधीशबीच राय बाझिएको छ ।

बिहीबार मुद्दाको सुनुवाइ गरेका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो । अब उक्त रिट निवेदन यी दुई न्यायाधीश बाहेक अरु ३ न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश गर्नुपर्नेछ ।

के कारणले राय बाझिएको हो भन्नेबारे सर्वोच्च अदालतले संक्षिप्त आदेश सार्वजनिक गरिसकेको छैन ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्दा नचलेको भन्दै पत्र दिएको थियो । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयले त्यसरी पत्र दिनु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गृहमन्त्री पदमा बस्दा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै उनले गृहमन्त्रीलाई निलम्बन गर्न पनि माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?