+

जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

२०८१ असार  २० गते २०:२४ २०८१ असार २० गते २०:२४
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि

२० असार, काठमाडौं । जावलाखेल ह्विलचियर स्पोर्टस् क्लबले वडाकप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ ।

राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न फाइनलमा जाउलाखेलले ह्विलचियर स्पोर्टस् एसोसिएसन (डब्ल्यूएसए) लाई ११–८ को स्कोरमा पराजित गर्दै उपाधि हात पारेको हो ।

जावलाखेलले उपाधिसँगै १५ हजार रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता डब्लूएसएले १० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा जावलाखेलले विइनलाई १८–२ को फराकिलो स्कोरमा पराजित गर्दै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा डब्ल्यूएसएले बीआईएलाई १२–६ को स्कोरमा पराजित गर्दै जाउलाखेलसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा विइनलाई ४–० को स्कोरमा पराजित गर्दै बीआईएले पाँच हजार रुपैयाँ पायो ।

प्रतियोगितामा टप स्कोरर डब्ल्यूएसएकी ज्योति अर्याल घोषित भइन् । उनले फाइनलमा ६ स्कोर गरिन् । मोस्ट भ्यालुएबल प्लेयर जावलाखेलकी बबिता थापा चुनिइन् । उनीहरूले समान एक हजार रुपैयाँ र ट्रफी हात पारे ।

वडाकप ह्विलचियर बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय