+
+

अमेरिकी डलर घट्दा रिंगिट बढ्यो, यस्तो छ विनिमयदर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते ८:४८

२१ असार, काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ ६ पैसा घटेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९० पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ३० पैसा तोकेको छ ।

डलर घटे पनि मलेसियन मुद्रा रिंगिटको भाउ ५ पैसा बढेको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४३ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३० पैसा छ ।

एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७२ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५३ पैसा तोककिएको छ ।

दिराम भाउ एक पैसा घटेको छ । बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४६ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २९ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ ।

१० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ३१ पैसा छ । शुक्रबार अमेरिकी डलर घटे पनि अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ बढेको छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९९ रुपैयाँ २९ पैसा तथा अस्ट्रेलियन डलरको ९० रुपैयाँ ९ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?