+
+

एभरेष्ट हस्पिटलमा सेवा थप, शनिबार निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते ८:५०

२१ असार, काठमाडौं । नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रालिले आगामी शनिबारदेखि थप पाँच विभागसहित सेवा विस्तार गर्ने भएको छ । अस्पतालले सोही दिन निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमसमेत गर्ने जनाएको छ ।

अस्पतालका निर्देशक तथा प्रशासन प्रमुख दीपकचन्द्र बरालले असार २२ गते शनिबारको दिनदेखि ब्लड बैंक सेवा, मिर्गौलाका बिरामीका लागि हेमोडायलासिस सेवा, दन्त विभाग, नेत्र विभाग र आईसीयू विभाग पनि सञ्चालनमा ल्याउने जानकारी दिए ।

समय सापेक्ष सेवाहरु थप गरेको र सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

निःशुल्क स्वास्थ्य शिविरका संयोजक सुरज भुसालले शनिवारको दिन निःशुल्क रुपमा सुगर, युरिया, क्रियाटिनिन, मिर्गौला, दाँत र आँखा परीक्षण हुने जानकारी दिए । सोही दिन ५०० युनिट रगत संकलन गर्ने योजना पनि रहेको उनले बताए ।

शिविरमा २०० जनालाई निःशुल्क चस्मा र १५० जनालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिने छ । १५० जनाको १०० रुपैयाँमा अल्ट्रासाउण्ड गर्ने कार्यक्रम समेत ।

शिविर शनिबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ ।

यस्तै सोही दिनदेखि सञ्चालनमा आउन लागेको हेमोडायलासिस सेवा अन्तर्गत पहिले नाम दर्ता गराउने १० जनालाई त्यस दिन निःशुल्क सेवा दिइने एभरेष्ट हस्पिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?