+
+

‘कल्की’ बन्यो भारतमा यस वर्षकै धेरै कमाइ गर्ने फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते ११:२९

काठमाडौं । प्रभास, दीपिका पादुकोण र अमिताभ बच्चन तीनै जनाका लागि सन् २०२४ स्मरणीय वर्ष बन्नेवाला छ । एक साताअघि हलमा रिलिज भएको उनीहरु अभिनित फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा सफलताको झण्डा गाडेको छ ।

९५ करोड भारु ओपनिङ गरेको फिल्मको कमाइको गति बक्स अफिसमा रोकिने छाँटकाँट देखिएको छैन । अजय देवगणको ‘शैतान’ र ऋतिक रोशनको ‘फाइटर’ लाई समेत पछि पार्दै ‘कल्की’ ले वर्किङ डेजमा समेत तीव्र कमाइ गरिरहेको छ । बुधबार २३ करोड कमाइ गरेको फिल्मले रिलिजको आठौं दिन बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

फिल्मले विश्वभरबाट ७०० करोड भारु भन्दा बढी कमाइ गरिसकेको छ भने बिहीबार रिलिजको आठौं दिनमा भारतीय बक्स अफिसमा ४०० करोडको आँकडा पार गरेको छ । फिल्मले भारतमा ४१४ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै ‘कल्की’ यस वर्ष सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले हालसम्म हिन्दी भर्सनमा १६२.८ करोड, तेलुगू भर्सनमा २१२.८ करोड, ओभरसिजमा १७३.१ करोड, मलयालममा १४.१ करोड, तमिलमा २३ करोड र कन्नडमा २.८ करोड भारु कलेक्सन गरेको भारतीय मिडिया दैनिक जागरणले जनाएको छ ।

नाग अश्विन निर्देशित फिल्मले महाभारतदेखि ६ हजार वर्ष अगाडिको कथा भन्छ । प्रभास, दीपिका र अमिताभका साथै कमल हसनको मुख्य भूमिका रहेको फिल्मको कथा र भीएफएक्सको दर्शकले प्रशंसा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?