+

एमबाप्पेसँग रोनाल्डोको सनसनीपूर्ण भेट

२०८१ असार  २१ गते १२:११ २०८१ असार २१ गते १२:११
एमबाप्पेसँग रोनाल्डोको सनसनीपूर्ण भेट

२१ असार, काठमाडाैं । युरो २०२४ को दोस्रो क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगलको आज राति सामना गर्दैछ र यो अर्को हेर्नैपर्ने खालको खेल हुनेछ । फेरि यो फ्रान्सका केयलिन एमबाप्पे र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बीचको सनसनीपूर्ण भेट पनि हुनेछ । यससँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

–यो खेल हुनेछ, उपाधिका दुई प्रत्यासीको । तर अहिलेसम्म दुवै टिमले आफ्नो प्रतिष्ठा र अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।

–पोर्चुगलले पछिल्ला आफ्ना दुई खेलमा गोल गर्न सकेको छैन । फ्रान्सले भने यस प्रतियोगितामा ओपन प्लेबाट एकै गोल पनि गरेको छैन ।

–फ्रान्सले यसपल्ट जम्मा एकै गोल मात्र खाएको छ ।

–रोनाल्डोले यस खेलमा गोल गर्न सके, यो युरोको इतिहासमै सबैभन्दा बढी उमेरका खेलाडीको गोल हुनेछ ।

–नाकको चोटका कारण एमबापेले यस खेलमा पनि मास्क लगाएर खेल्नेछन् ।

–सन् २००६ को विश्वकप सेमिफाइनल एकआपसमा भिडेको १८ वर्षपछि ठ्याक्कै त्यही दिन यी दुई टिम भिड्दै छन् । यस खेलमा फ्रान्स विजयी रहेको थियो र पोर्चुगलका लागि रोनाल्डोले पनि खेलेका थिए ।

–यो खेललाई धेरैले एमबापेविरुद्ध रोनाल्डोको रूपमा हेर्न चाहेका छन् । एमबापेले ४८ गोल गरिसकेका छन् भने रोनाल्डोको नाममा १ सय २० गोल छ ।

एमबापे युरो २०२४ रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय