+
+

नेताका छोराछोरी निजीमा र अरूका सामुदायिक विद्यालयमा पढ्छन् : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १२:४२

२१ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेता र पहुँच हुनेका सन्तान निजी विद्यालयमा पढ्ने गरेको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै मन्त्री श्रेष्ठले पहुँच नहुने व्यक्तिको सन्तानले मात्रै सामुदायिक विद्यालयमा पढाउने गरेको बताइन् ।

‘मैले १२० दिनमा थाहा पाएको- हामीले के भाष्य निर्माण गरेका छौं भने, गरिबका छोराछोरी सामुदायिक विद्यालयमा जान्छन्, धनीका निजीमा । तर, त्यो होइन रहेछ,’ उनी भन्छिन्, ‘हामीजस्ता नेताका, पहुँच पुगेका मान्छेका छोराछोरी निजीमा जान्छन् । पहुँच नभएका, जनप्रतिनिधि वा ठूलो पद नओगटेका, आफ्नो नामको अगाडि माननीय नभएकाहरूका छोराछोरी सामुदायिकमा जान्छन् । भाष्य करेक्ट गरौं ।’

नेपालमा २० प्रतिशत जति गरिब रहेको सरकारी तथ्यांक भएको तर सामुदायिक विद्यालयमा ७० प्रतिशत विद्यार्थी पढ्ने गरेको मन्त्री श्रेष्ठले बताइन् । उनले थपिन्, ‘यसकारण गरिबका छोराछोरी मात्रै सामुदायिक विद्यालयमा पढ्छन् भन्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?