+

समूह चरणको सफलतालाई छाडेर अघि बढ्नुपर्छ : भेनेजुएलाका प्रशिक्षक बाटिस्टा

२०८१ असार  २१ गते १३:०४ २०८१ असार २१ गते १३:०४
समूह चरणको सफलतालाई छाडेर अघि बढ्नुपर्छ : भेनेजुएलाका प्रशिक्षक बाटिस्टा

२१ असार, काठमाडाैं । भेनेजुएलाका प्रशिक्षक फर्नान्डो बाटिस्टाले कोपा अमेरिका २०२४ को क्वाटरफाइनल पुगेपछि समूह चरणको जितलाई छाडेर अघि बढ्नुपर्ने बताएका छन् ।

पाँच वर्षमा पहिलो पटक क्वाटरफाइनल पुगेको भेनेजुएलाका लागि क्वाटरफाइनलमा क्यानडासँग खेल्दा नयाँ प्रतियोगिताको सुरुवात हुने उनले बताए ।

समूह बी मा रहेका भेनेजुएलाले तीनवटै खेल जित्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको थियो । सन् १९६७ मा कोपामा डेब्यु गरेयता भेनेजुएलाले पहिलो पटक समूहको तीनवटै खेल जितेको हो ।

जारी कोपामा ६ गोल गरेको भेनेजुएला धेरै गोल गर्नेमा दोस्रोमा छ । सन् २०११ को कोपा अमेरिकामा चौथो भएको भेनेजुएला त्यही सफलता दोहोर्‍याउने लक्ष्यमा छ ।

प्रशिक्षक बाटिस्टाले आफ्नो खेलाडीहरुलाई क्यानडाविरुद्ध खेल्दा पूर्णरुपमा मैदानमा केन्द्रित हुन भनेका छन् ।

‘हामीले पहिलो चरणमा जे अनुभव लियौँ त्यो एकदमै राम्रो थियो । तर अब त्यो कसिएको छ । अहिलेसम्म हामीले केही हासिल गरेका छैनौँ ।’ बाटिस्टाले बिहीबार प्रेस कन्फेरेन्समा भने ‘हामी विकसित हुँदै गरेको टिम हौँ र अर्को फाइनल खेल भोलि छ ।’

प्रशिक्षक बाटिस्टाले अझै धेरै अघि जानु रहेको बताए । ‘अझै लामो यात्रा तय गर्न बाँकी छ र जे सिकायो त्यो सकियो । अब नयाँ प्रतियोगिता सुरु हुन्छ किनकि तपाईं अगाडिको नतिजा वा बराबरीमा भर पर्न सक्नुहुन्न ।’

 अर्जेन्टिनामा जन्मिएका बाटिस्टाले विश्वकप क्वालिफायरको दक्षिण अमेरिकी छनोटमा भेनुजएलालाई हाल चौथो स्थानमा पुर्‍याएका छन् ।

उनले क्वाटरफाइनलमा सम्भावित पेनाल्टी सुटआउट टार्नुपर्ने बताएका छन् । किनकि क्यानडा सजिलो प्रतिद्वन्दी नभएको उनको भनाइ छ । ‘डिफेन्समा क्यानडा बलियो छ र अग्रेसिभ छ । मिडफिल्डमा  बलियो छ’ ५३ वर्षीय बाटिस्टाले भने ‘हाम्रो लक्ष्य भनेको खेल ९० वा ९५ मिनेटभित्रै जित्ने हो । निश्चित रुपमा हामीले पेनाल्टीको अभ्यास गरेका छौँ तर यो हाम्रो उद्देश्य होइन ।’

कोपा अमेरिका २०२४ भेनेजुएला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय