+
+

नुनको भाउ वृद्धिले भान्सा महँगियो, होटल–रेस्टुरेन्टको मेनु यथावत

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १३:१४
फाइल तस्वीर

२० असार, काठमाडौं । सरकारले नुनको भाउ वृद्धि गरे पनि होटल–रेस्टुरेन्टको मेनु परिवर्तन नहुने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले ८ वर्षपछि मंगलबार नुनको भाउ वृद्धि गरेको थियो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको मूल्य अब २६ रुपैयाँ पुर्‍याइएको छ ।

सामान्यतया ठूला होटल र रेस्टुरेन्टलाई बढेको मूल्यको प्रभाव पर्छ । तर, व्यवसायीहरू तत्काल मेनु परिवर्तनको योजनामा भने छैनन् ।

होटल संघ नेपाल (हान) का कोषाध्यक्ष युवराज श्रेष्ठले होटल रेस्टुरेन्टको मेन परिवर्तन नहुने जानकारी दिए ।

‘खानेतेलको मूल्य प्रतिलिटर १३० रुपैयाँसम्म बढेको बेला पनि व्यवसायीले मेनु बढाएका थिएनन्, त्यसको तुलनामा नुनको मूल्यको प्रभाव कम पर्छ, त्यसैले मेनु चेन्ज हुदैन,’ उनले भने ।

यद्यपि नुनको भाउ बढ्दा व्यवसायीमा त्यसको भार भने पर्ने उनी बताउँछन् ।

‘नुन भान्सामा नभई नहुने वस्तु हो, हेर्दा किलोको थोरै मूल्य देखिए पनि धेरै खपत हुने होटल–रेस्टुरेन्टको भान्सा भने यसले महँगो बनाउँछ,’ उनी भन्छन् ।

होटल रेस्टुरेन्टको मात्र होइन, नुनको मूल्य बढ्दा त्यसको प्रभाव सर्वसाधारणको भान्सामा पनि देखिने छ । तर, यसबाट हुने महँगीको असर तुलनात्मक रुपमा कम हुनेछ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार नुनमा अझै पनि कम्पनीले घाटा बेहोरिरहेको छ ।

कम्पनीले थोक मूल्य प्रतिकेजी १८ रुपैयाँ रहेको आयो नुनको अब थोक बिक्रि मूल्य २३ रुपैयाँ प्रतिकेजी पुगेको छ । २३ रुपैयाँमा बिक्री गर्दा समेत कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनको भनाई छ ।

सरकारले जनतालाई दिएको सेवा भएका कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ । तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?