+

३६ वर्षपछि मुख्य प्रतियोगितामा स्पेनलाई हराउने लक्ष्यमा जर्मनी

२०८१ असार  २१ गते १३:२१ २०८१ असार २१ गते १३:२१
३६ वर्षपछि मुख्य प्रतियोगितामा स्पेनलाई हराउने लक्ष्यमा जर्मनी

२१ असार, काठमाडौं । जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक युरो उपाधि जितेका छन् । दुवै टोली यस पटक च्याम्पियन बन्दै उपाधि संख्या थपेर सर्वाधिक सफल टोली बन्ने योजनामा थिए ।

दुवै टोली उपाधिको दाबेदारका रुपमा छन् । तर यी दुई टोली क्वाटरफाइनलमै भिड्ने अवस्था आएपछि एक टोलीको यात्रा चाँडै सकिने भएको छ ।

रमाइलो के छ भने जर्मनीले मुख्य प्रतियोगितामा स्पेनलाई हराउन नसकेको ३६ वर्ष भइसक्यो । सन् १९८८ को युरोमा जर्मनीले पछिल्लो पटक स्पेनलाई हराएको थियो ।

त्यसयता विश्वकप र युरो कपमा जर्मनीले स्पेनलाई हराउन सकेको छैन । २००८ को युरो फाइनल र २०१० को विश्वकप फाइनलमा स्पेनले जर्मनीलाई पराजित गरेको थियो ।

यस्तै २०२२ को फिफा विश्वकपमा समूह चरणमा यी दुई टोलीले बराबरी खेलेका थिए । २०२० को यूईएफए नेसन्स लिगमा पनि स्पेनले जर्मनीलाई ६-० ले पराजित गरेको थियो ।

पछिल्लो ८ वर्षमा जर्मनी पहिलो पटक लयमा देखिएको छ र समर्थकको चाहना पनि घरेलु मैदानमा जर्मनीले उपाधि जितेको हेर्नेछ ।

स्पेनको टोली पनि यस पटक लयमा छ । त्यसैले क्वाटरफाइलको हेभिवेट भिडन्त, ब्लकबस्टर म्याच बन्नेछ ।

 स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले प्रतियोगितामै आफ्नो टोली उत्कृष्ट रहेको भन्दै त्यहीअनुसार प्रदर्शन गर्ने बताए ।

यस्तै जर्मनीका कप्तान इल्के गुन्डोगानले आफूहरु स्पेनविरुद्ध खुलेर खेल्नुपर्ने र टिममा क्षमता भएको बताएका छन् ।

जारी युरोमा जर्मनीले १० गोल गर्दा स्पेनले ९ गोल गरेको छ।  जर्मनीका जमालय मुसिएलाले ३ गोल गर्दै सर्वाधिक गोलकर्तामा अघि छन् । स्पेनका लागि फमबियन रुइजले २ गोल गरेका छन् । तर युवा फरवार्डदव्य लामिन यामल र निको विलियम्स लयमा छन् ।

स्पेन र जर्मनी दुवैले अन्तिम १६ मा सहज जित निकालेका थिए । जर्मनीले डेनमार्कलाई २-० ले तथा स्पेनले जर्जियालाई ४-१ ले पराजित गरेको थियो ।

यी दुई टोलीबीच अहिलेसम्म २६ खेल हुँदा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । ९ खेल बराबरीमा सकिएको छ ।

यी दुई टोलीबीचको खेल राति नेपाली समयअनुसार ९:४५ बजे स्टुटगार्डमा हुनेछ ।

जर्मनी युरो स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय