+
+

शिक्षकलाई तर्साएको छैन, तर राजनीति गर्दै हिंड्नु भएन : शिक्षामन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १३:२९

२१ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो । कुरा यही हो ।’

‘शिक्षकलाई तर्साएको छैन । शिक्षक राजनीतिक पार्टीको सदस्य हुनुहुन्न भनेर राजनीतिक दल सम्बन्धी ऐनले नै भन्छ । यसकारण राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो भनेको हो,’ उनले भनिन् ।

सांसदहरूले शिक्षकलाई तर्साउन नहुने बताएका थिए । जवाफ दिंदै उनले यस्तो बताएकी हुन् ।

‘…आफ्नो प्रोफेसनल इथिक्स मेन्टेन गर भन्नु त तर्साएको हुँदैन,’ उनले भनिन् ।

सामुदायिकमा भन्दा निजी विद्यालयको एसईईको नतिजा राम्रो आउनुको पछाडि निजीमा राम्रो नतिजा नआए हायर एण्ड फायर हुने र राजनीति नहुनु प्रमुख कारण रहेको उनले बताइन् । यसकारण सामुदायिक विद्यालयका भन्दा कम तलब सुविधामा समेत निजीले राम्रो नतिजा दिन सफल भएको मन्त्री श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?