
एमाले प्रमुख सचेतक महेश बर्तौला
२१ असार, काठमाडौं । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पत्रमार्फत यस्तो जानकारी दिएका हुन् ।
राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गर्दै पत्रमा वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइएको उल्लेख गरिएको छ ।
एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोही दिन एमालेबाट सरकारमा गएका सबै मन्त्रीले राजीनामा समेत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4