+
+

बूढानीलकण्ठमा ‘एक वडा एक पर्यटन गन्तव्य’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १२:१०

२० असार, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले प्रत्येक वडामा कम्तिमा एउटा पर्यटन गन्तव्य बनाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा नगरपालिकाले ‘एक वडा एक पर्यटन गन्तव्य’ को रूपमा पहिचान गरी आवश्यक पूर्वाधारको विकास गर्ने उल्लेख छ ।

निजी पर्यटन उद्योगीलाई आवश्यक पर्ने भौतिक पूर्वाधारको सहज उपलब्धताका लागि नीतिगत सहजीकरण गर्ने उल्लेख छ ।

बूढानीलकण्ठ घुम्न आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन पर्यटन व्यवसायीहरूको सहकार्यमा कम्तिमा दुई दिनको पर्यटन भ्रमण प्याकेज निर्धारण गरी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?