+
+

गृहमन्त्री लामिछाने राष्ट्रिय सभामा अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १४:४३

२१ असार, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय सभाको बैठकमा अनुपस्थित भएका छन् ।

गृह मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा लामिछाने अनुपस्थित भएका हुन् । लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले गृह मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिएका थिए ।

मन्त्री अर्यालले लिखित रूपमा तयार प्रति वाचन गरेर जवाफ प्रस्तुत गरे ।

त्यसपछि पूरक प्रश्न सोध्ने क्रममा कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले गृहमन्त्री कहाँ गएको हो भनेर सोधे । तर श्रममन्त्री अर्यालले गृहमन्त्री कहाँ गएको हो खुलाएनन् ।

मन्त्री अर्यालले भने, ‘गृहमन्त्रीज्यूको उपस्थितिमा उहाँ आफैंले आएर पछिल्लो अवस्था (विपद्)को बारेमा जानकारी दिनुपर्ने सुझाव दिनुभएको छ । यो सुझावको जिम्मेवारी दिन्छु र गृह मन्त्रालयलाई यो जानकारी मेरो तर्फबाट पनि गराउने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?