+
+

कोशीका पूर्वमन्त्रीले फिर्ता गरेनन् सरकारी निवास र गाडी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १५:२८

२१ असार, विराटनगर । कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् ।

पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी फिर्ता नगरेका हुन् ।

खत्री २६ वैशाखमा पदमुक्त भएका थिए । पदमुक्त भएपछि मन्त्री चढ्ने गाडी फिर्ता गरेका उनले को १ झ ६४७ नम्बरको सरकारी गाडी र दुई वटा मोटरसाइकल फिर्ता गरेका छैनन् ।

मन्त्रालयका अनुसार खत्रीले भाडाको सरकारी निवास पनि फिर्ता गरेका छैनन् । मन्त्रीको निवासका लागि खत्रीले नै पुष्पलाल चोक नजिकै भाडामा घर खोजेका थिए । सो घरमा खत्री बस्छन्, भाडा मन्त्रालयले तिरिरहेको छ ।

मन्त्रालयका सचिव डा. लेखराज दाहालले क्वाटर, एउटा गाडी र दुई वटा मोटरसाइकल फिर्ताका लागि पूर्वमन्त्री खत्रीलाई आग्रह गरिएको बताए ।

कांग्रेस नेता खत्री उदयपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद हुन् । केदार कार्कीले नेतृत्वको सरकारमा गत माघमा मन्त्री नियुक्त भएका थिए ।

खत्रीले सरकारी सवारी र निवास फिर्ता गर्ने बताए । क्वाटरमा नै सरकारी सवारी रहेको बताउँदै उनले फिर्ता गर्न ढिलो भएको स्वीकार गरे ।

सरकार गठनसम्बन्धी मुद्दा परेका कारण फिर्ता गर्न ढिलो भएको बताउँदै उनले भने, ‘आज फिर्ता गर्ने भनेका छौं ।’ निवासका लागि भने घरबेटीसँग असारसम्मको सम्झौता रहेकाले मन्त्रालयमा छलफल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?