+
+

सुनसरीका १० विद्यालयको एसईई प्राविधिकतर्फको नतिजा अझै आएन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १५:५८

२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्राविधिक धारतर्फको केही विद्यालयको नतिजा अझै सार्वजनिक भएको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा १३ असारमा सार्वजनिक गरेको थियो । तर सुनसरी जिल्लाको १० वटा विद्यालयका २६६ जना विद्यार्थीको नतिजा आजसम्म पनि सार्वजनिक भएको छैन ।

धरानको पब्लिक हाइस्कुलका प्रधानाध्यापक इन्द्रमोहन झाले परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवद्धि परीक्षा तालिकासमेत सार्वजनिक गरिसक्दा पनि नतिजा हेर्न नपाउँदा विद्यार्थी, अभिभावक, शिक्षक सबलाई मानसिक तनाव भएको बताए ।

उनले भने, ‘सामान्यतर्फको नतिजा आएको दुई हप्ता भइसक्यो । सुनसरीका प्राविधिक धारका विद्यालयको अझै आएको छैन । यसले हामीलाई अन्योल मात्र बनाएको छैन, मानसिक तनाव पनि भइरहेको छ ।’

शिक्षा समन्वय एकाइमा नतिजाबारे बुझ्दा स्पष्ट जवाफ पाउन नसकेको उनले गुनासो गरे ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले भने विषय कोड फरक पर्न गएर समस्या आएको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘विषय कोड फरक परेकाले केही विद्यालयको नतिजा रोकिएको थियो अब मिलिसक्यो । हामीले इन्ट्री गरिसकेका छौं । बोर्डले निर्णय गरेपछि नतिजा सार्वजनिक गर्छौं ।’

उनले नतिजा हराएकाको लागि भनेर १५ दिने सूचना निकालेर काम गरिरहेको र यही बीचमा सबैको नतिजा सार्वजनिक भइसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?