+

महिला भलिबलको फ्रेन्चाइज लिग हुने, इन्फिनिटी ड्रिम्स र भलिबल संघबीच ७ वर्षको सम्झौता

२०८१ असार  २१ गते १६:४५ २०८१ असार २१ गते १६:४५
महिला भलिबलको फ्रेन्चाइज लिग हुने, इन्फिनिटी ड्रिम्स र भलिबल संघबीच ७ वर्षको सम्झौता

२१ असार, काठमाडौं । महिला भलिबलको फ्रेन्चाइज लिग हुने भएको छ । नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच एभरेष्ट महिला भलिबल लिग गर्न शुक्रबार सम्झौता भएको हो ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इन्फिनिटी ड्रिम्सका अध्यक्ष आमिर अख्तरले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता ७ वर्षका लागि रहने बताइएको छ ।

इन्फिनिटी ड्रिम्सले फ्रेन्चाइज लिग गरेवापत भलिबल संघलाई वार्षिक २५ लाख दिने भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए ।

लिगको मिति र फ्रेन्चाइज टिम चाँडै घोषणा गरिने आमिर अख्तरले जानकारी दिए । पहिलो संस्करणमा ६ टिम सहभागी हुने र आउने संस्करणमा बढाउँदै जाने उनले बताए ।

भलिबल संघका अध्यक्ष चन्दले फ्रेन्चाइज भलिबलले नेपाली खेलाडीलाई सहयोग गर्ने बताए ।

एभरेष्ट प्रिमियर लिग क्रिकेट आयोजना गरेका आमिर अख्तर अर्को कम्पनीमार्फत भलिबल संघसँग सहकार्य गरेर लिग गर्न लागेका हुन् ।

एक टिममा ३ जना विदेशी खेलाडी राख्न पाउने भलिबल संघ अध्यक्ष चन्दले जानकारी दिए ।

एभरेष्ट वुमन्स भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय