+

अप्सरी बेगमलाई निलम्बन गर्ने क्रिकेट संघको निर्णय

२०८१ असार  २१ गते १६:४२ २०८१ असार २१ गते १६:४२
अप्सरी बेगमलाई निलम्बन गर्ने क्रिकेट संघको निर्णय

२१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।

महिला टी–२० एसिया कपका लागि महिला टोलीको बन्द प्रशिक्षण चलिरहेको छ । त्यसक्रममा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानको दाबी छ ।

अप्सरी बेगम क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय