+
+

केएमसी बालकुमारी : पढाइसँगै जीवन जिउने कला सिकाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १६:५३

काठमाडौं । उच्च शिक्षाको प्रवेशद्वार हो, कक्षा ११ र १२ । यही मोडबाट विद्यार्थीले तय गर्नुपर्ने हुन्छ कि, ‘भविष्यमा के बन्ने ?’

विद्यार्थीका लागि यो यस्तो जग हो, जहाँ टेकेर उनीहरुले करिअर निर्माण गर्नुपर्ने हुन्छ । तसर्थ, कक्षा ११ कहाँ पढ्ने भन्ने कुरा महत्वपूर्ण छ ।

एसईईपछि थुप्रै विद्यार्थी विद्यालय नयाँ शैक्षिक सत्रको तयारीमा छन् । अब के पढ्ने, के बन्ने भन्ने कुरासँगै उनीहरुलाई कहाँ पढ्ने भन्ने कुराले उत्सुक बनाएको हुनसक्छ । किनभने यतिबेला विद्यार्थीले आफ्नो रुचि र लक्ष्य पहिल्याएर सोही अनुसारको शिक्षण संस्था छनोट गर्नुपर्ने हुन्छ । यसको छनोट कसरी गर्ने त ?

त्यसका लागि विद्यार्थीले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । पहिलो, शिक्षण पद्धति । दोस्रो, शिक्षण संस्थाले उपलब्ध गराउने सेवा सुविधा । तेस्रो, त्यहाँको शिक्षक समूह र शैक्षिक पूर्वाधार र स्रोत । चौथो, सो शिक्षण संस्थाको व्यवस्थापन र इतिहास ।

यी सम्पूर्ण कुराको एउटै प्याकेज हो, काठमाडौं मोडल सेकेन्डरी स्कुल (केएमसी) । ललितपुरको बालकुमारीमा अवस्थित यो यस्तो शिक्षण संस्था हो, जसले प्रयोगात्मक विधिबाट जीवनोपयोगी शिक्षा दिंदै आएको छ ।

गौरवशाली विरासत

लामो एवं गरिमामय शैक्षिक इतिहास, दिगो व्यवस्थापन, परिपक्व शिक्षक समूह यसको गुरुत्वबल हो । त्यसँगै शैक्षिक–भौतिक पूर्वाधारले परिपूर्ण केएमसी विद्यार्थीमैत्री वातावरणका लागि पनि कहलिएको छ । विद्यार्थीलाई पढाउने मात्र होइन, उनीहरुको करिअरको लागि सहयात्री बन्ने ध्येयका साथ यो विद्यालयले शैक्षिक परामर्शदेखि मार्गदर्शनसम्म दिंदै आएको छ ।

शैक्षिक उन्नयनमा ठोस योगदान दिने लक्ष्यका साथ समर्पित शिक्षाप्रेमीहरुले केएमसी स्थापना गरेका थिए, सन् २००० मा । युग सुहाउँदो र जीवनोपयोगी शिक्षण पद्धतिको कारण देशभरकै उत्कृष्ट कलेजहरुमा यस संस्था सूचीकृत हुँदै आएको छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको केएमसी विश्वविद्यालय स्थापना गर्ने लक्ष्यमा अग्रसर छ । त्यही विरासतलाई निरन्तरता दिंदै बागबजारको केएमसीले ललितपुरको बालकुमारीमा आफ्नो शाखा विस्तार गरेको हो ।

जीवन जिउने शिक्षा

केएमसी बालकुमारीका प्राचार्य भन्छन्, ‘हामी किताबको कोरा ज्ञान घोकाउने नभई विद्यार्थीलाई जीवन जिउने कला सिकाउन चाहन्छौं । सोही अनुरुप पठन विधिदेखि प्रयोग र अभ्यासहरु गराउँदै आएका छौं ।’

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकाय पठनपाठन हुँदै आएको छ । यहाँ करिब ११ सय विद्यार्थीले यहाँ पठनपाठन गर्दै आएका छन् । नेपालमै सबैभन्दा पहिला कक्षा ११ मा कानुन संकाय पढाउने विद्यालय पनि हो यो ।

गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको कारण केएमसी बालकुमारी विद्यार्थीको रोजाइ पर्दै आएको छ । २०७५ मा यस शिक्षण संस्थाले सरकारबाट उत्कृष्ट स्कुलको अवार्ड पाएको थियो ।

प्रयोगात्मक पठनपाठन

केएमसीको पठन विधि प्रभावकारी छ । यहाँ प्रयोगात्मक वा अभ्यासमा आधारित पठनपाठन हुन्छ । विद्यार्थीले पढेका कुरा सहज रुपमा ग्रहण गर्न सकुन् भनी श्रव्यदृश्यको माध्यम अपनाइन्छ । विद्यार्थीको रुचि र क्षमतालाई मूल्यांकन गर्दै उनीहरुलाई सही परामर्श दिइने गरिन्छ । पढेका कुरामा निरन्तर मूल्यांकनका लागि साप्ताहिक परीक्षाको व्यवस्था गरिएको छ ।

गतिशील र रचनात्मक

विद्यार्थीले किताब छिचोलेर मात्र पुग्दैन । पढाइमा उत्कृष्टता हासिल गरेर मात्र पुग्दैन । उनीहरुले आफ्नो रुचि र सौखलाई पनि उत्तिकै महत्व दिनुपर्छ । पढाइका साथै खेलकुद, कला साहित्य, मनोरन्जन जस्ता विषयलाई अगाडि बढाउनुपर्छ । यसले उनीहरुको शारीरिक र मानसिक विकासमा मात्र फाइदा पुग्दैन, सामाजिक व्यक्तित्व निर्माणमा पनि टेवा पुर्‍याउँछ । नेतृत्व गुण, सामूहिकताको भावना, सक्रियता र रचनात्मक क्षमता पनि बढाउँछ ।

यही ध्येयका साथ स्कुलले विद्यार्थीलाई खेलकुद तथा कला-मनोरञ्जनमा प्राथमिकतासाथ सरिक गराउँदै आएको छ । केएमसी बालकुमारीका निर्देशक डा. दुर्गाजंग केसी भन्छन्, ‘खेलकुद, कला, साहित्य पनि जीवनकै एउटा अभिन्न अंश हुन् । पढाइलाई यसैसँग जोडेर अगाडि बढाउन सकियो भने त्यो बढी प्रभावकारी हुन्छ ।’ उनका अनुसार विद्यार्थीले यहाँ पढाइका साथ आफ्नो प्रतिभालाई पनि निखार्ने अवसर पाउँछन् ।

पुग्दो शैक्षिक स्रोत

विद्यार्थीलाई आवश्यक सम्पूर्ण शैक्षिक स्रोत उपलब्ध छ, विद्यालयमा । पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला छ । फराकिला, अत्याधुनिक मल्टिमिडियायुक्त कक्षाकोठा छन् ।

वैकल्पिक ऊर्जाको व्यवस्था, सभाहल, स्वस्थ्यवर्द्धक चमेनागृह, छात्र र छात्राका लागि बेग्लाबेग्लै छात्रावास र यातायात जस्ता सुविधा छ । विद्यालयको आफ्नै खेल मैदान छ । क्रिकेट, फुटसल, पौडी, टेबल टेनिस लगायत खेलकुदको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?