+
+

गर्भावस्थामा कुन-कुन बेला बेडरेस्ट गर्नुपर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १७:३२

गर्भावस्थामा स्वस्थ र पोसिलो खानेकुरा जति जरुरी छ, आराम पनि उति नै आवश्यक हुन्छ । गर्भको शिशुको स्वास्थ्यका लागि गर्भवती महिलालाई पर्याप्त निद्रा चाहिन्छ ।

तर गर्भावस्थामा लामो समय बेडरेस्ट नै गर्न भने सुझाइँदैन । सामान्य हिंड्डुल गरिरहनु स्वास्थ्यका लागि राम्रो हुन्छ । किनकि गर्भावस्थामा बेडरेस्ट गर्दा रक्तनलीमा रगत जम्ने सम्भावना बढी हुन्छ र अन्य स्वास्थ्य समस्या पनि निम्तिन सक्छ । गर्भावस्थामा कुनै जटिल स्वास्थ्य समस्या भएको छ र गर्भपात हुने जोखिम बढी छ भने त्यसलाई न्यून गर्न बेडरेस्ट गर्न सकिन्छ । बेडरेस्ट गराउने बेला रगत जम्न नदिन रगत पातलो हुने औषधि दिइन्छ ।

प्रिम्याच्युर डेलिभरी

कतिपयको समय भन्दा पहिला नै डेलिभरी हुने जोखिम हुन्छ । यस्तो अवस्थामा चिकित्सकले बेडरेस्ट गर्न सल्लाह दिन्छन् । किनकि यसबेला योनी र गर्भाशय जोड्ने नली अर्थात् सर्विक्स समय भन्दा पहिला नै खुल्न सक्छ । जसकारण शिशु समयपूर्व जन्मिने सम्भावना हुनुका साथै गर्भपात हुने खतरा हुन्छ ।

प्रि–एक्लेमप्सिया

गर्भावस्थामा प्रि-एक्लेमप्सिया समस्या भएमा पनि बेडरेस्ट गर्न सल्लाह दिइन्छ । प्रि-एक्लेमप्सिया भनेको गर्भवस्थाको समयमा विकास हुने एक किसिमको गम्भीर रक्तचापको समस्या हो । यसमा गर्भवती महिलाको एक्कासि रक्तचाप बढ्नुका साथै शरीर सुन्निने र पिसाबमा प्रोटिनको मात्रा बढ्ने गर्छ । यस्तो अवस्थामा बेडरेस्ट गर्नुपर्ने हुन्छ । यसले सुरक्षित डेलिभरी गराउन मद्दत गर्छ र गर्भपात हुनबाट जोगाउँछ ।

भजाइनल ब्लीडि

गर्भभित्रको भ्रूणको प्लेसेन्टा अर्थात् सालनली तल भएमा रक्तअल्पता हुने जोखिम हुन्छ । प्लेसेन्टा एक अस्थायी अंग हो जुन गर्भावस्थाको समयमा विकसित हुन्छ । यो पाठेघरको भित्तासँग जोडिएको हुन्छ । यसले गर्भमा हुर्किरहेको भ्रूणलाई अक्सिजन र आवश्यक पोषक तत्वहरू पुर्‍याउने काम गर्छ । साथै प्लेसेन्टा भ्रूणसँगै बढ्छ र जन्मेपछि शिशुसँगै बाहिर आउने गर्छ । यस्तो अवस्था समयभन्दा पूर्व शिशुको सालनली बाहिर आउन सक्ने तथा गर्भपात हुने जोखिम बढी हुन्छ । आराम गर्न सल्लाह दिइन्छ ।

मल्टिपल गर्भावस्था

गर्भमा जुम्ल्याहा तथा तिम्ल्याहा शिशु भएमा पनि बेडरेस्ट गर्नुपर्ने हुन्छ । किनभने यसले सर्विक्स अर्थात् गर्भाशयको ग्रीवा भार कम पर्छ र शरीरलाई आराम मिल्छ ।

सुन्निने समस्या भएमा

गर्भवती महिलाको खुट्टा सुन्निने समस्या भएमा पनि बेडरेस्ट गर्नुपर्ने हुन्छ । किनभने खुट्टा झुण्ड्याएर बस्दा वा उभिएर बस्दा अझ बढी सुन्निन सक्छ । त्यसैले सुन्निने समस्या कम गर्न बेडरेस्ट गर्नुपर्ने हुन्छ ।

बारम्बार गर्भपात

पहिले पनि गर्भपात भइसकेका गर्भवती महिलालाई पनि बेडरेस्ट गर्न भनिन्छ । किनभने उनीहरुको स्वास्थ्य अवस्था कमजोर हुनुका साथै केही स्वास्थ्य समस्या पनि भएको हुन्छ । त्यसैले फेरि गर्भपात नहोस् भन्ने कारणले आराम गर्न सल्लाह दिइन्छ ।

पाठेघरको समस्या

कतिपय अवस्थामा महिलाको पाठेघरको मुखको लम्बाइ सानो हुन्छ । यस्तो अवस्थामा पनि बेडरेस्ट गर्न सल्लाह दिइन्छ । किनकि यसबेला गर्भपात हुने जोखिम हुन्छ । त्यस्तै गर्भभित्रको भ्रूणको वृद्धि विकास समयअनुसार नभएको अवस्थामा पनि बेडरेस्ट गर्न सल्लाह दिइन्छ । कहिलेकाहीं शिशु बस्ने वा खेल्ने पानीको कमी आएमा पनि बेडरेस्ट गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?