+
+

ठूलो दलको आधारमा सरकार बन्ने अवस्था नआओस् : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:१३

२१ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ठूलो दलको आधारमा सरकार बनाउने संविधानको व्यवस्थामा जान नहुने बताएका छन् ।

वर्तमान सरकार ७६ (२) अनुसार बनेको छ । यो व्यवस्थाअनुसार सरकार बन्न नसके ठूलो दलको आधारमा ७६ (३) अनुुसार कांग्रेसको सरकार बन्ने अवस्था आउँछ । शान्ति र क्रान्तिका नायक जीपी कोइराला विषयक अन्तक्र्रियामा काठमाडौंमा बोल्ने क्रममा कोइरालाले भने, ‘७६ (३) मा जाने अवस्था नआओस् भन्ने हो ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएकाले खुसी भइहाल्ने अवस्था नभएको उनले बताए । ‘प्रचण्ड जीले अहिलेसम्म राजीनामा दिनुभएको पनि छैन । प्रचण्डले राजीनामा दिनुभएन भने संविधानतः के के हुन्छ सोच्नुपर्दछ,’ कोइरालाले भने ।

माओवादीको अस्थिर व्यवहार हटाउन दुई ठूला दलको सरकार बन्न सक्ने आफूले केही समयदेखि भन्दै आएको उनले सुनाए । ‘कहिलेसम्म बोकिराख्ने ? मलाई ७/८ महिना अघिदेखि नै लागिरहेको थियो । म बोलिरहेको पनि थिएँ,’ उनले भने ।

निर्वाचन प्रणाली परिवर्तन गर्न सके जनताले चाहेको केही न केही हुन्छ कि जस्तो लागेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?