+
+

किअर स्टार्मर बने बेलायतको नयाँ प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:२३

२१ असार, काठमाडौं । लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

आम चुनावमा लेबर पार्टीले शानदार बहुमत पाएपछि त्यहाँका राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट चाहिन्छ । तर लेबर पार्टीले ४१२ सिट जितेको छ ।

चुनावी परिणाम सार्वजनिक भएपछि बेलायतका राजाले उनलाई नयाँ सरकार बनाउन आग्रह गरेका छन् ।

त्यसलाई स्वीकार गरेका उनले प्रधानमन्त्रीका रूपमा पहिलो सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ऋषि सुनकलाई धन्यवाद दिए । बेलायतका जनताले परिर्वतनको पक्षमा मत दिएको भन्दै उनले सार्वजनिक सेवा आफ्नो सरकारको प्राथमिकता हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?