+
+

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:३१
अशोक राई

२१ असार, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

महासचिव मो. इस्तियाक राईका अनुसार संसदीय दल र केन्द्रीय पदाधिकारीको बैठकले कांग्रेस–एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । यससँगै मन्त्रीहरू राजीनामा बुझाउन गएका छन् । जसपाबाट नवलकिशोर साह वन, प्रदीप यादव स्वास्थ्यमन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री थिए ।

प्रधानमन्त्री प्रचण्डलाई समर्थन फिर्ताको जानकरी पनि गराइने महासचिव राईले बताए । २३ वैशाखमा जसपा नेपालबाट फुटेर बनेको जसपामा ७ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?