+
+

मधेशमा रातो किताब पुनर्लेखन गर्न विपक्षीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:४३

२१ असार, जनकपुरधाम । विपक्षी दलहरूले मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेटको रातो किताब पुनर्लेखनको माग गरेका छन् ।

मधेश प्रदेश सभामा शुक्रबारदेखि सुरु भएको बजेटमाथिको छलफलको क्रममा विपक्षी दलहरूले रातो किताब पुनर्लेखनको माग गरेका हुन् ।

बजेटमाथि असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले बैठकसमेत अवरुद्ध गरेका छन् । दिउँसो २ बजे सुरु भएको बैठकको सुरुमै विपक्षी दलमध्येबाट लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद रानी शर्मा तिवारीले रातो किताब संशोधन नगर्दासम्म बजेटमाथि छलफल गर्नु औचित्यहीन हुने बताइन् ।

त्यसपछि लोसपासँगै नेपाली कांग्रेस, जसपा नेपाल र राप्रपाका सांसदहरू उठेर सदन अवरुद्ध गरे । अवरोधपछि १० मिनेटका लागि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका थिए ।

त्यसपश्चात सरकार र विपक्षी दलहरूको बैठकमा विनियोजन विधेयक संशोधन गर्ने सहमति भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

त्यसपछि पुनः बसेको बैठकमा बजेटमाथि छलफल सुरु भएको थियो । छलफलको क्रममा आफ्ना धारना राख्दै कांग्रेस सांसद कौशल किशोर रायले रातो किताब संशोधनको माग गरे । ‘एउटा वडामा वडाध्यक्षले सात करोडको योजना लगेका छन् । तर मैले तीन करोडको योजना लगेको छु । मैले टिपाएका धेरै योजना नै परेन,’ उनले भने ‘बजेटमा थुप्रै बेथिति छन् । यसले मधेशको बारेमा नराम्रो सन्देश गएको छ । त्यसकारण बजेट संशोधनको माग गर्दछु ।’

कांग्रेसकै सांसद श्यामप्रसाद पटेलले सरकारले ५० लाखभन्दा कमको योजना नराख्ने बताए पनि १० लाखसम्मको योजना राखेकोमा आफू चकित भएको बताए । बजेटले मधेश सरकारको ठूलो बदनाम भएको उनको आरोप छ । उनले पनि रातो किताब संशोधनको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?