+
+

मधेशका मुख्यमन्त्री सिंहले भोलि विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १८:५७

२१ असार, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भोलि (शनिबार) विश्वासको मत लिने भएका छन् ।

उनले विश्वासको मत लिनको लागि शनिबार बिहान ११ बजे प्रदेश सभा बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

जनमत पार्टीका सिंह २५ जेठमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसअघि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव २३ जेठमा प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त भएपछि २५ जेठमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतसहित जनमतका सिंह मुख्यमन्त्री बनेका थिए ।

१०७ सदस्यीय प्रदेश सभामा अहिले सत्तापक्षीय एमालेको सभामुखसहित २५, जनमतको १३, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ८ सिट छ भने नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको १–१ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?