+
+

विद्यार्थीको रोजाइमा सीसीआरसी, नतिजामा सधैं उत्कृष्ट 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते १९:५५

२१ असार, काठमाडौं । मुलुकको शैक्षिक क्षेत्रमा क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) भिन्नै स्थान बनाएर अगाडि बढिरहेको छ ।

सीसीआरसी स्थापनाकालदेखि नै देशभरिमा मावि र कलेजमा उत्कृष्ट हुँदै आएका कारण पनि यसले भिन्नै स्थान बनाउन सफल भएको हो ।

सीसीआरसीका अनुसार बोर्ड परीक्षामा विद्यार्थीले प्राप्त गरेका उच्च अंकले एमबीबीएस, इन्जिनियरिङ लगायत उच्च अध्ययन संस्थामा पाएको छात्रवृत्ति प्रमुख कारण हुन् ।

सीसीआरसीका अनुसार यी बाहेक कलेजमा अध्यापनरत अनुभवी शिक्षकशिक्षिका, अन्तर्राष्ट्रिय प्रतिष्ठित विश्वविद्यालयमा यस माविका विद्यार्थीले प्राप्त गरेको छात्रवृत्ति, विद्यार्थी तथा अभिभावकको सन्तुष्टि, विद्यायलयको भौतिक पूर्वाधार लगायत विद्यालयले आयोजना गर्ने सामाजिक हितका क्रियाकलापले पनि सीसीआरसीलाई सर्वाेत्कृष्ट हुन भूमिका खेलेका छन् ।

एमबीबीएस प्रवेश परीक्षामा अग्रस्थान

सन् २०२४ मा एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एकीकृत प्रवेश परीक्षा (सीईई) मा सीसीआरसीका २४ विद्यार्थीले एकैसाथ पूर्णछात्रवृत्तिमा नाम निकाले ।

व्यवस्थापनका अनुसार दसौं हजार प्रतिस्पर्धीलाई उछिन्दै एकैपटक छात्रवृत्तिमा नाम निकालेर सीसीआरसी कलेज राष्ट्रियस्तरमै सफल कलेजका रूपमा स्थापित छ । २०२३ मा २८ विद्यार्थीले एमबीबीएस प्रवेश परीक्षामा पूर्णछात्रवृत्ति कोटामा नाम निकालेका थिए ।

सीसीआरसी कलेजका छात्रछात्रा सन्देश पण्डित, इशा अमात्य र निरञ्जन अधिकारीले एमबीबीएस प्रवेश परीक्षामा प्रथम स्थानमा नाम निकालेका थिए । यसअघि आईओएम महाराजगञ्जको एमबीबीएस प्रवेश परीक्षामा सन्देश पण्डितले ९७ अंक प्राप्त गरेका थिए । यो आईओम इतिहासकै उच्च अंक हो ।

त्यसैगरी २०७४ सालमा सीसीआरसी कलेजका छात्र जगतकिरण ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एमबीबीएस प्रवेश परीक्षामा प्रथम स्थानमा नाम निकालेका थिए ।

यसैगरी जगदम्बा गुठीद्वारा प्रत्येक वर्ष कोलकाता मेडिकल कलेज भारतमा सीसीआरसीका पाँच विद्यार्थीले पूर्णछात्रवृत्तिमा अध्ययन गरिसकेको कलेजले जनाएको छ । तीमध्ये केही हाल भारतका प्रतिष्ठित स्वास्थ्य संस्थामा वरिष्ठ चिकित्सकका रूपमा कार्यरत छन् ।

आईओई (पुल्चोक) प्रवेश परीक्षामा उच्च स्थान

चालु आर्थिक वर्ष २०८०/८१ मा आईओई (इन्जिनियरिङ अध्ययन संस्थान) पुल्चोकले बीई अध्ययनमा लिएको छात्रवृत्ति प्रवेश परीक्षामा सीसीआरसीका २७ विद्यार्थीले एकसाथ नाम निकालेका छन् ।

२०७८, २०७७ र २०७३ मा सीसीआरसी कलेजका निराजन साह, सुमन तामाङ र सुदीप भण्डारीले बीई प्रवेश परीक्षामा प्रथम स्थानमा नाम निकालेका थिए । साहले सोही वर्ष १३७.८ अंक ल्याएर प्रथम स्थानमा नाम निकालेका थिए । उनले पाएको अंक बीई प्रवेश परीक्षामा हालसम्मकै उच्च भएको कलेजले जनाएको छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयमा सीसीआरसी

विश्वका प्रख्यात विश्वविद्यालयहरूमा सीसीआरसीका विद्यार्थी छात्रवृत्ति कोटामा उच्च शिक्षा लिइरहेका छन् । तिनमा एमआईटी, हार्र्भर्ड, कोर्नेल लगायत विश्वविद्यालय छन् । २०२४ मा सीसीआरसीका ३० विद्यार्थीले अमेरिकाका विभिन्न विश्वविद्यालयमा पूर्णछात्रवृत्तिमा अध्ययन गर्ने मौका पाएको कलेजले जनाएको छ ।

२०२२/२३ मा सीसीआरसीकी छात्रा रुचि भट्ट अमेरिकाको एमआईटीमा फुलराइड छात्रवृत्ति सहित इन्जिनियरिङ अध्ययनका लागि छनोट भएकी थिइन् । गत वर्ष उक्त छात्रवृत्ति पाउने उनी एकमात्र नेपाली थिइन् ।

सीसीआरसी कलेजले विद्यार्थीलाई विभिन्न सेमिनार तथा अन्य कार्यक्रम मार्फत विश्वका उत्कृष्ट विश्वविद्यालयमा पूर्णछात्रवृत्ति कोटामा अध्ययन गर्न उचित परामर्श दिँदै आएको जनाएकोे छ ।

राष्ट्रिय परीक्षा बोर्डमा अब्बल नतिजा

सीसीआरसीले स्थापनादेखि राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को नतिजामा पनि उच्च नतिजासाथ उत्कृष्ट स्थान हासिल गर्दै आएको जनाएको छ ।

२०८० को एनईबीको नतिजा हेर्दा सीसीआरसीका विद्यार्थी सजिन कार्कीले ३.९६ जीपीए प्राप्त गरेका थिए, जुन गत वर्षकै सर्वोच्च अंक हो । कलेजको पास प्रतिशत ९९ हाराहारीमा छ ।

एनईबीको पछिल्लो पाँच वर्षको नतिजा हेर्ने हो भने सीसीआरसी कलेजको पास प्रतिशत ९८.५ छ । कलेजका छात्रा सरु न्हिसुतु र शैलजारत्न पाण्डेले विगतमा एनईबी परीक्षामा सर्वोच्च अंक प्राप्त गरी ‘नेपाल छात्रा विद्यापदक’ पाएका थिए ।

प्रि–इन्जिनियरिङ, प्रि–मेडिकल र प्रि–सीए तयारी कक्षा

सीसीआरसी कलेजले कक्षा ११ बाट नै नियमित विद्यार्थीलाई प्रि–इन्जिनियरिङ, प्रि–मेडिकल तथा प्रि–सीएका लागि तयारी कक्षा उपलब्ध गराउँदै आएको छ । हरेक वर्ष दर्जनौं विद्यार्थी इन्जिनियरिङ, मेडिकल, सीए, कृषि, वन लगायत अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा सीसीआरसीका विद्यार्थी उच्च अंकसहित छनोट हुनुमा त्यस्ता तयारी कक्षाको उल्लेख्य भूमिका रहेको कलेजले जनाएको छ ।

खेलकुद

व्यवस्थापनका अनुसार सीसीआरसी कलेजमा विद्यार्थीले विषयगत ज्ञानलगायत व्यावहारिक शिक्षाको ज्ञान पनि समान प्राप्त गरिरहेका हुन्छन् । विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पनि बरोबर सहभागी गराइन्छ ।

कलेज तीन पटक हिसान बास्केटबलमा प्रथम भएको छ भने १७ पटक राष्ट्रियस्तरका अन्य बास्केटबल प्रतियोगितामा प्रथम भएको छ । यसैगरी नौ पटक विभिन्न क्रिकेट प्रतियोगितामा प्रथम, सात पटक विभिन्न फुटबल प्रतियोगितामा प्रथम र २२ पटक विभिन्न टेबुलटेनिस प्रतियोगितामा प्रथम भएको छ ।

भौतिक पूर्वाधार

आफ्नै भवनमा सञ्चालित कलेजका प्रत्येक कक्षाकोठामा अत्याधुनिक स्मार्टबोर्ड छन् । कक्षामा पढाइएका विषयवस्तु रेकर्ड गर्ने सुविधासमेत भएकाले कारणवश प्रत्यक्ष कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीलाई आ–आफ्नै घरबाट अध्ययनमा संलग्न हुने व्यवस्था मिलाइएको कलेजले जनाएको छ ।

कलेजमा दुईवटा व्यवस्थित क्यान्टिन र अत्याधुनिक पुस्तकालय छन् । यसैगरी कलेजभित्रै शुद्ध पिउने पानीको प्लान्ट छ र आवश्यक सुविधा सम्पन्न शौचालाय निर्माण गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?