+
+

मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २१ गते २०:०६
मुख्यमन्त्री सतिशकुमार सिंह

२१ असार, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिंदैछन् । ‘संसदीय दलको बैठक बसेर हामीले विश्वासको मत दिने निर्णय गरेका छौं’, एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले भने ।

जनमत पार्टीका नेता सिंह अघिल्लो सत्ता समीकरणबाट मुख्यमन्त्री बनेका थिए । उनी एमाले, माओवादी सहितको समीकरणबाट मुख्यमन्त्री बनेका हुन् ।

तर केन्द्रमा नेपाली कांग्रेससँग नयाँ सरकार बनाउने निर्णय भइसकेकाले मुख्यमन्त्री सिहंले बहुमत पाउनेबारे प्रष्ट हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?