+

‘सरकार र निजी क्षेत्रले लगानी गरे नेपाली भलिबलमा अझ राम्रो नतिजा आउँछ’

२०८१ असार  २१ गते २१:४८ २०८१ असार २१ गते २१:४८
‘सरकार र निजी क्षेत्रले लगानी गरे नेपाली भलिबलमा अझ राम्रो नतिजा आउँछ’

२१ असार, काठमाडौं । नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्सबीच एभरेष्ट वुमन्स भलिबल लिग आयोजना गर्न शुक्रबार ७ वर्षको लागि सहमति भयो ।

विगतमा पनि फ्रेन्चाइज लिगको घोषणा भएको थियो तर हुन सकेन । यस पटक भने चर्चित क्रिकेट फ्रेन्चाइज लिग इपीएलको बयोजना गरिसकेको आमिर अख्तरसहितको टिमले महिला भलिबलको फ्रेन्चाइज लिग गर्न लागेको छ । त्यसले गर्दा भलिबल संघ खेलाडी र भलिबल प्रेमी पनि उत्साहित छन् ।

आयोजकले केही दिनपछि नै लिगको मिति र सहभागि फ्रेन्चाइजको नाम सार्वजनिक गर्ने जनाएको छ । पहिलो संस्करणमा ६ टिमले खेल्ने पक्का भइसकेको छ । यस्तै हरेक टिममा ३ विदेशी खेलाडी हुनेछन् ।

शुक्रबार लिगको घोषणा गर्दा राष्ट्रिय महिला टिमका खेलाडीहरु पनि उपस्थित थिए । उनीहरु पनि एकदमै उत्साहित थिए ।

महिला टिमकी कप्तान अरुणा शाही अझ धेरै उत्साहित थिइन्  । वर्तमान टिममा रहेका खेलाडीहरुमा अरुणा लागयत केही खेलाडी अब करियरको उत्तरार्धतिर आइपुगेका छन् । त्यसैले पनि उनीहरुका लागि यस्तो लिग खेल्नु पाउनु अवसरको कुरा हुनेछ ।

नेपालले दुई अन्तर्राष्ट्रिय उपाधि जिताउँदाका कप्तान १३औं सागमा रजत पदक जित्दाका कप्तान अरुणा त्यसैले पनि उत्सहित छिन् । उनै अरुणासँग भर्खरै घोषणा भएको फ्रेन्चाइज लिग, यसको महत्व, नेपाली भलिबलको विकास र भविष्यमा आधारित रहेर गरिएको अनलाइनखबरले गरेको कुराकानी  ।

 

महिला भलिबल फ्रेन्चाइज लिगको लागि फेरी सम्झौता भएको छ । पहिला पनि यस्तै सम्झौता भएको थियो तर लिग हुन सकेन । यस पटक कत्तिको उत्सहित हुनुहुन्छ?

सुपर एक्साइटेड छौँ । उत्साहित पनि छौँ तर साथ साथै पछिल्लो पटक घोषणा भएर पनि हुन नसक्दा अली शंका पनि छ । तर अहिले जुन टिम आउनुभाछ गर्छु भनेर त्यो देख्दा भने एकदमै आशा छ । उनीहरुले गर्नुहुन्छ भन्ने विश्वास छ । पहिलो पटक फ्रेन्चाइज लिग हुन लाग्दैछ त्यही भएर उत्सहित छौँ ।

 

अहिले लिग गर्न आउनुभाको टिमले पहिला क्रिकेटको फ्रेन्चाइज लिग गरेर सफल भइसक्नुभाछ । त्यसैले धेर शंका नहोला नि?

त्यो त हो । उहाँहरुले पनि लिग गरिरहनुभएको छ । उहाँहरुले गर्नुहुन्छ भन्ने पूर्ण आशा छ । हुन्छ भनेर नै सबै हामी जना उत्साहित छौँ ।

 

लिग घोषणा नै ग्राण्ड थियो । ६ टिम सहभागि हुने, हरेक टिमले ३ विदेशी खेलाडी राख्न पाउने भनिएको छ । कस्तो लागिराछ?

६ वटै टिममा विदेशी ल्याउने कुरा त राम्रो हो । तर लगानीकर्ताले कती गर्न लगानी गर्न सक्छ भन्ने हो । ६ वटैमा विदेशी खेलाडी आए राम्रो हो । यसमा शहरको टिम बनाएर लगानी गर्ने भन्नुभाछ । त्यसमा पनि भर पर्छ । नेपाली खेलाडीहरु पनि धेरैले अवसर पाउँछन् ।

अहिले भलिबलको माहोल बनिरहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आफैँ आयोजना गर्ने उमेर समूहको टिम पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदैछ । संघ पनि सक्रिए छ । यसले नयाँ खेलाडीहरुलाई कत्तिको मोटिभेट गर्छ?

निश्चय मोटिभेट गर्छ । खेलको विकास गर्ने नै जुनियर स्तरबाट हो । हामी खेल्दा सिनियर र जुनियर भन्ने थिएन । एउटा सिनियर ओपन थियो । अर्को स्कुल स्तरमा केही हुन्थ्यो । अहिले खेलहरु धेरै भइराछ । खेल्न भ्याछैन । त्यसले गर्दा खुशी लाग्छ । अहिले भलिबल कहाँबाट कहाँ पुगेको जस्तो लाग्छ । छोटो समयमै भलिबलले फड्को मार्दैछ ।

सरकारले धेरै नगर्दा पनि एउटा संघले सक्रिए भएर गर्दा हुने रैछ भन्ने लाग्छ । अझ  यसमा अहिले प्राइभेट सेक्टरले धेरै इन्ट्रेस्ट दिइरहनुभाछ । त्यसले गर्दा भलिबलको चार्म अझ बढेको छ र खेलाडीहरुलाई पनि उत्सहित बनाएको छ ।

यसपटक जुनियर टोली काभा यू२० च्यम्पियनसिप खेल्न जाँदै छ । त्यसले गर्दा पनि हामीले खेल्न पाउने रैछौँ भन्ने नयाँ खेलाडीहरुलाई भाछ । अस्ती भर्खर सहान प्रधान स्मृति यू१९ प्रतियोगिता भयो । त्यसले गर्दा पनि भलिबलको माहोल क्रिएट भाछ ।

पहिल राष्ट्रिय उही खेलाडी थिए । नयाँ खेलाडी आउन गाह्रो थियो । पछिल्लो समय नयाँ खेलाडीहरु धेरै आइरहेका छन् । यसले सिनियर खेलाडीलाई कत्तिको चुनौती बढेको छ?

त्यो त गाह्रो छ । अहिले नयाँ खेलाडीहरु राम्रो आइराछन् । यू२० टिममा हामी भन्दा अग्लो खेलाडी छन् । यसले गर्दा खुशी पनि लाग्छ । हामीले उनीहरुसँग फाइट गर्नुपर्छ त्यसले चुनौती पनि छ । म चाही यसमा खुशी छु । नयाँ उचाई भएका खेलाडीहरु आउँदा नेपालको भलिबल राम्रो हुन्छ र बगामी दिनमा टिम अझ बलियो हुन्छ ।

 

तपाई एकदमै भाग्यमानी हुनुहुन्छ । आफू कप्तान हुँदा दुई पटक उपाधि जिताउनुभयो । सागमा ऐतिहासिक रजत पदक जित्यो । तपाईँ आफू चाही कति भाग्यमानी ठान्नुहुन्छ ?

एकदमै भाग्यमानी महसुस हुन्छ मलाई । यस्तो राम्रो टिम पाउनु ठूलो कुरा हो । त्यसमा पनि एक्टिभ संघमा राम्रो टिम आउनु भयो । सबै व्यवस्थापन कोचहरुको मिहिनेत र संघको टिमको साथले गर्दा यो उपलब्धी आएको छ । त्यो पाउँदा म आफूले आफूलाई लक्की ठान्छु ।

हामी अगाडी कति धेरै सिनियर खेलाडीहरु हुनुहुन्थयो । उहाँहरुले त्यो अवसर पाउनुभएन । त्यो उपलब्धी पाउनुभएन । तर हाम्रो पालामा राम्रो टिम र सबैको सपोर्टले गर्दा सबै प्रति म आभारी छु । सरकारले पनि केही सहयोग गरेको छ ।

 

नेपालमा अगष्टमा काभा वुमन्स नेसन लिग हुँदैछ । त्यसको विजेताले सिधै एभिसीको टुर्नामेन्ट खेल्न पाउने संघको अध्यक्षले भन्नुभाछ । त्यसमा कत्तिको अवसर र चुनौती छ?

यसबाट एकदमै खुशी त छौँ सँगै चुनौती पनि छ । किनभने हामी भन्दा राम्रो टिमहरु पनि  आउँछ । उनीहरुलाई हराउनुपर्छ । त्यो खुशीलाई त्यतिकै आउँदैन । मिहिनेत गरेर च्यम्पियन बन्नुपर्छ । अहिले अझ जिम्मेवारी महसुस भइराछ । मेरो त अब करियरको अन्तिमतिर छु । नयाँ बहिनीहरु आइराछन् । हाम्रो प्रदर्शन नयाँ बहिनीहरुमा भर पर्छ । त्यसले गर्दा केही चुनौती पनि छ । तर हामीले गर्नुपर्छ भन्ने छ । जे होस् यो सुन्दा खुशी छौँ र चुनौती पनि छ ।

 

भलिबल नेपालको राष्ट्रिय खेल भएर पनि सरकारको लगानी छैन । एउटा राम्रो कभर्डहल पनि छैन । अब तत्काल के हुनुपर्छ जस्तो लाग्छ?

अहिले भलिबलमा धेरै माहोल बनिरहेको छ । मलाई के लाग्छ भने प्राइभेट सेक्टरहरुले जतिसक्यो त्यति धेरै सपोर्ट गर्ने हो भने चाडै हामीले राम्रो नतिजा पनि दिन सक्छौँ जस्तो लाग्छ । हामी त्यसमा क्यापेबल छौँ जस्तो लाग्छ । अहिले नयाँ बहिनीहरु राम्रो आइराछ । संघले पनि राम्रो काम गरिराछ । उत्कृष्ट संघको अवार्ड पनि पाउनुभएको छ ।

त्यसले गर्दा निजी क्षेत्र र सरकार दुवैले लगानी गर्ने हो भने अझ राम्रो हुन्छ । भलिबल नेपालको नेशनल गेमसँगै पपुलर गेम पनि हो । धेरैले फलो गर्नुहुन्छ । त्यसैले सबैलाई सपोर्ट गर्न आग्रह गर्छु । अब एउटा राम्रो कभर्डहल र ट्रेनिङ गर्ने स्थान भयो भने अझ राम्रो हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो गर्न सक्छौँ ।

अरुणा शाही महिला भलिबल
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय