+

बक्सिङमा आर्मी टिम च्याम्पियन, भुपेन्द्र र रमिशा उत्कृष्ट खेलाडी

२०८१ असार  २१ गते २३:१० २०८१ असार २१ गते २३:१०
बक्सिङमा आर्मी टिम च्याम्पियन, भुपेन्द्र र रमिशा उत्कृष्ट खेलाडी

२१ असार, काठमाडौं । नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । आर्मी १५ स्वर्ण, ४ रजत र १ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एपीएफ ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको नेपाल प्रहरीले २ स्वर्ण, २ रजत र १ कांस्यसहित तेश्रो  भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा प्रहरीका भुपेन्द्र थापा तथा महिलामा आरडिएसकी रमिशा श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । भुपेन्द्रले मोटरसाइकल तथा रमिशाले स्कुटर पुरस्कार पाए । भुपेन्द्रले पुरुष ६३.५ केजी तौल समूहमा बक्समान्डुका सरोज महर्जनलाई अंकका आधारमा ४-१ ले हराउँदै पहिलो भएका थिए ।

यस्तै महिलातर्फ रमिशाले ४८ केजीमा त्रिभुवन आर्मी क्लबकी आरती बमजनलाई अंकका आधारमा ५-० ले पराजित गर्दै पहिलो भइन् ।

विजेतालाई अर्थ मन्त्री वर्षमान पुन, पूर्व मन्त्री विना थापा मगर, पूर्व मन्त्री दलजीत श्रृपाली, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगितामा जिल्ला, क्लब, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी ३१ टिमका १ सय ७५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रकाश दाहाल स्मृति बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय