+

पोर्चुगललाई पेनाल्टी सुटआउटमा रहाउँदै फ्रान्स सेमिफाइनलमा

२०८१ असार  २२ गते ९:४८ २०८१ असार २२ गते ९:४८
पोर्चुगललाई पेनाल्टी सुटआउटमा रहाउँदै फ्रान्स सेमिफाइनलमा

२२ असार, काठमाडौं । पोर्चुगललाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा दुई पटकको विजेता फ्रान्सले एक पटकको विजेता पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गरेको हो ।

फ्रान्सका लागि थियो हर्नानर्डजले विजयी पेनाल्टी प्रहार गरे । त्यसअघि उसमान डेम्बेले, युसुफ फोफाना, जुल्स मोन्डे र ब्राडली बार्कोलाले गोल गरेका थिए ।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो, बर्नार्ड शिल्भा र नुनो मेन्डेजले गोल गरे । जाओ फेलिक्स भने गोल गर्न असफल भए । उनको प्रहार पोष्टमा लाग्यो ।

त्यसअघि निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्तमा गोलरहित भएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

क्रिस्टियानो रोनाल्डो भर्सेस केलिएन एमबाप्पेबीचको खेलको रुपमा हेरिए पनि दुवैले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । एमबाप्पे अतिरिक्त समयमा सब्सिच्युट भएका थिए ।

आफ्नो करियरकै अन्तिम युरो खेलिरहेका रोनाल्डोको दोस्रो पटक युरो जित्ने लक्ष्य भने अधुरै रह्यो । उता नाकमा चोट लागेपछि मास्क लगाएर खेलिरहेका एमबाप्पेको प्रदर्शन अपेक्षा गरिए अनुसार देखिएको छैन ।

अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । पहिलो क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

फ्रान्स युरो २०२४

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय