
२२ असार, सुर्खेत । पहिरोले कर्णाली राजमार्गको अवरुद्ध भएको छ ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा राजमार्गका विभिन्न ठाउँमा सडक अवरुद्ध भएको हो ।
दैलेख र कालीकोटको सिमानामा पर्ने गगने खोला, सेरिघाट र छेडामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध हुँदा सुर्खेतदेखि कालीकोट, जुम्ला, मुगु आवतजावत गर्ने सवारीसाधन रोकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गगनेखोलामा ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4