+
+

राप्ती राजमार्गको सल्यान खण्ड अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १२:४८
पहिरोको फाइल तस्वीर

२२ असार, सुर्खेत । अविरल वर्षाका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्गको सल्यान खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका ३ स्थित चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार सडक अवरुद्ध हुँदा दर्जनौं गाडी र यात्रुहरू अलपत्र परेका छन् । अहिले डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडकमा ठूलाठूला ढुंगा खसेकाले पहिरो हटाउन केही समय लाग्ने उनले बताए ।

‘सडक निर्माणमा स्काभेटर, डोजर परिचालन गरेर तत्काल पहिरो हटाउने काम भइरहेको छ । केही समयमा सडक सञ्चालनमा आउँछ’ प्रहरी निरीक्षक धमलाले भने ।

राप्ती राजमार्ग मात्र नभई जिल्लाका अन्य भित्री सडकहरू पनि अवरुद्ध भएका उनको भनाइ छ । ‘पहिलोले गर्दा जिल्लाका भित्री सड्कहरु पनि अवरुद्ध भएको छ । सम्बन्धित स्थानीय तहको समन्वयमा अवरुद्ध सड्क खुलाउने काम भइरहेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?