+
+

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १३:५४

२२ असार, धनगढी । मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको  से३ प५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का  कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका २८ वर्षका यादव चौधरी सामान्य घाइते भएक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?