+
+

बाढीका कारण वाग्मती करिडोरका सडक डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १५:११

२२ असार, काठमाडौं । शुक्रबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको नदी तथा खोलाहरुमा जल सतह बढेको छ ।

वाग्मती, विष्णुमती, धोबिखोला, मनोहरा खोला, हनुमन्ते खोलामा जलसतहक बढ्दा किनारमा रहेका टहराहरु डुबानमा परेका छन् । उपत्यकाभरि हालसम्म कति घरटहरा डुबानमा परे भन्ने यकिन विवरण छैन ।

भक्तपुरमा मध्यपुर थिमी नगरपालिकास्थित दिव्येश्वरी प्लानिङनजिक मनोहरा खोलाले १८ वटा टहरा डुबानमा परेको छ । ती टहरामा बस्ने ५६ जनालाई सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए ।

उनका अनुसार हनुमन्ते खोलाले राममन्दिर क्षेत्रमा पनि केही टहराहरु डुबानमा परेको छ । जलसतह बढ्ने क्रममा रहेकाले नदी किनारका बस्ती क्षेत्रमा सतर्कता अपनाइरहेको उनले जानकारी दिए ।

वाग्मतीमा आएको बाढीका कारण करिडोर सडकहरुसमेत जलमग्न भएको छ । ललितपुरको युएन पार्क क्षेत्रको करिडोर सडकसमेत बाढीले डुबाएको छ ।

हेर्नुहोस् युएन पार्क नजिकको सडक र वाग्मतीको बाढी 

तस्वीरहरु : रघुनाथ बजगाईं/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?