+
+

काठमाडौंमा भीषण बाढी (तस्वीरहरु)

चन्द्रबहादुर आले आर्यन धिमाल चन्द्रबहादुर आले, आर्यन धिमाल
२०८१ असार २२ गते १८:४९

२२ असार, काठमाडौं । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौं उपत्यकाको जनजीवन पनि प्रभावित भएको छ । सबैभन्दा धेरै भक्तपुरको मनोहरा किनार तथा ललितपुर र काठमाडौंको बागमती किनारमा बाढीको असर परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा परेको छ भने थापाथलीदेखि बल्खुसम्म नदी किनारमा रहेका सुकुम्बासीको घरटहराहरु पनि डुबाएको छ । बल्खुस्थित तरकारी बजार र त्यस वरपरका खाजा पसलहरु पनि डुबाएको छ ।

पानी परिरहेको र नदीमा जलसतह बढिरहेकाले हालसम्म कति घरटहरा र पसलहरु बाढीले डुबाए भन्नेबारे प्रहरीले पनि यकिन विवरण दिन सकेको छैन ।

सडकसमेत डुबानमा परेकाले बागमती करिडोरबाट आवतजावत गर्न कठिन छ । नदी किनारका घर टहरा डुबाएपछि सर्वसाधारणलाई बसोबासकै समस्या हुने देखिएको छ भने कतिपयको पसल डुबाउँदा सामानहरु बिगार्ने र डुबाउने देखिएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?