
२२ असार, काठमाडौं । मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय परिसरमा पनि पानी पसेको छ ।
शुक्रबार रातिदेखि परेको वर्षाका कारण मनोहरा खोलामा जलसतह बढेका कारण शनिबार दिउँसो एमाले कार्यालयभित्रै बाढी पसेको हो । खोलामा पानीको सतह पुल भन्दा पनि उचाइमा पुगेपछि नजिकै रहेको एमाले कार्यालयभित्र बाढी पसेको हो ।
च्यासलमा मनोहरा करिडोर सडक पनि डुबानमा परेको छ । एमाले कार्यालय नजिकै रहेको च्यासल रंगशाला पनि डुबानमा परेको छ । पानीले भरिएपछि रंगशाला पोखरीजस्तो बनेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4