+
+

हेटौंडाको बजार क्षेत्र डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २२ गते १७:४९

२२ असार, हेटौंडा । अविरल बर्षाका कारण बागमती प्रदेशको राजधानी हेटौंडाको बजार क्षेत्र डुबानमा परेको छ । हेटौंडा उपमहानगरपालिका-१ र ५ मा पर्ने बजार क्षेत्र डुबानमा परेको छ ।

राप्ती खोलासँग जोडिएको १ नम्बर वडाको चौकीटोल र ५ नम्बर वडाको पिप्ले, शान्तिनगर क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

५ नम्बर वडामा पर्ने कान्तिलोकपथ मार्ग पनि डुबानमा परेको छ । पिप्ले र शान्तिनगरका ३० भन्दा बढी घरहरु डुबानमा परेको स्थानीय भीमसेन पौडेलले जानकारी दिए । मकवानपुर प्रहरीले उद्दार टोली खटाएको छ ।

यातायात सञ्चालनमा समस्या र बस्ती क्षेत्र नै डुबानमा परेपछि वडाका जनप्रतिनिधि र मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी निरीक्षणका लागि पुगेका छन् ।

हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित ढलको निर्माण नगरेकाले ५ नम्बर वडाको पिप्ले क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको छ ।

वर्षाका कारण मकवानपुरको कुखरेनी कर्रा, राप्ती, मनहरी र लोथर खोलामा पानीको बहाव बढेको छ । बाढीका कारण खेतीयोग्य जमिन कटानमा परेका छन् भने यकिन तथ्यांक नआएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?