
पहिरोको प्रतिनिधिमूलक तस्वीर
२२ असार, काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
शनिबार विरुवा गाउँपालिका-६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा-६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
उक्त पहिरोमा परी ७१ वर्षका माधव शर्मा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको डीएसपी रानाले जानकारी दिए । पहिरोमा परी घाइते भएका ५ जनाको प्रहरीले उद्दार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4