+
+

तनहुँको शुक्लागण्डकीमा पहिरोमा परी ३ जना बेपत्ता

पहिरोमा परेकालाई उद्धार गर्न गएका अनिशा र श्याम आफैं परे

अमृत सुवेदी अमृत सुवेदी
२०८१ असार २२ गते १८:५७

२२ असार, पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१३ काउरेमा पहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । काउरेका ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् ।

काउरेमा बिहानै सोना नेपालीको घर पहिरोमा परेको थियो । पहिरोमा परेकालाई उद्धार र सहयोग गर्न भन्दै छिमेकी अनिशा र श्याम पुगेका थिए । उनीहरुले पहिरो पन्छाउँदै गर्दा सँगै रहेको हिरा नेपालीको घर फेरि पहिरो खस्यो । त्यही पहिरोमा हिरासहित अनिशा र श्याम पनि बेपत्ता भएका इलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख इन्स्पेक्टर गणेश सुवेदीले जानकारी दिए ।

सोना नेपाली र हिरा नेपाली दिदीबहिनी हुन् । घरछिमेक मिलेर घरका सामान निकाल्दै गर्दा फेरि पहिरो खसेपछि ३ जना बेपत्ता भए । सोही घटनामा विष्णुबहादुर नेपाली, विशाल तिमल्सिना, रबि घिमिरे र रुपकुमार नेपाली भागेर ज्यान बचाउन सफल भए । उनीहरु घाइते रहेको र बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?