+
+

काठमाडौंमा बाढीको वितण्डा (तस्वीरहरु)

विकास, चन्द्र, शंकर, आर्यन विकास, चन्द्र, शंकर, आर्यन
२०८१ असार २२ गते २०:५०

२२ असार, काठमाडौं । शुक्रबार रातिदेखि शनिबार साँझसम्मको अविरल वर्षाका कारण काठमाडौं उपत्यका जलमग्न भयो ।

यहाँका नदीनाला र जलाशयहरु पानी भरिभराउ भए । बागमती, विष्णुमती, मनोहरा लगायत खोला तथा नदी किनारका घरहरु डुबानमा परे ।

भक्तपुरमा मनोहरा खोला किनारमा डेढ दर्जन भन्दा बढी टहरा डुबानमा परेर मानिसहरु विस्थापित भए । ललितपुरको च्यालसमा नेकपा एमालेको पार्टी कार्यालय र च्यासल रंगशालाभित्र बाढी पस्यो ।

काठमाडौंको बल्खुमा तरकारी बजार नै डुबानमा पर्‍यो भने युएन पार्क वरपर बागमती किनारका सडक नै डुबायो । काठमाडौंको नागार्जुन नगरपालिका-३ मा घरमा पहिरो जाँदा एक जनाको मृत्यु नै भयो ।

वर्षा र बाढीले काठमाडौंमा डुबान भएर धेरै धनमालको क्षति समेत भएको छ ।

हेर्नुहोस् बाढीपछि काठमाडौंको जलाशयका तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?