+

राष्ट्रिय पौडीमा दिवाकर र अजलकाजीले बनाए कीर्तिमान

२०८१ असार  २३ गते ६:१९ २०८१ असार २३ गते ६:१९
राष्ट्रिय पौडीमा दिवाकर र अजलकाजीले बनाए कीर्तिमान

२३ असार, काठमाडौं । विश्व एक्वेटिक्स दिवसका अवसरमा भएको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको पहिलो दिन शनिबार २ नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ ।

दिवाकर अवाले र अजलकाजी तण्डुकारले कीर्तिमान बनाए ।

सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै शुभम् शर्माको कीर्तिमान भंग गरे ।

नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा शुभम्ले २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगितामा अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै अर्को कीर्तिमान स्थापित गरे । अजलले २६ औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैंले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् ।

अजलले १०० मिटर फ्रिस्टाइलमा पनि स्वर्ण जिते ।

यस्तै त्रिभुवन आर्मी क्लबकी अनुशिया तन्डुकारले शनिबार १०० र २०० मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी छन् । उनले १०० मिटर दूरी १ मिनेट ०२.३५ सेकेण्डमा पूरा गरिन् । यस्तै २०० मिटर दूरी २ मिनेट १७.७७ सेकेण्डमा पूरा गरिन् ।

जम्मा ६५ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ३१ स्पर्धा सम्पन्न भएको प्रतियोगिता संयोजक आयोजक संघका महासचिव ईश्वर कार्कीले जनाएका छन् । बाँकी स्पर्धा प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगितामा ३ सय ५१ खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव गंगालाल गोलले जनाएका छन् ।

राष्ट्रिय कीर्तिमान राष्ट्रिय पौडी प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय