+

पारा टेबलटेनिसमा डिगम र लालीलाई स्वर्ण

२०८१ असार  २३ गते ६:०० २०८१ असार २३ गते ६:००
पारा टेबलटेनिसमा डिगम र लालीलाई स्वर्ण

२३ असार, काठमाडौं । डिगमसिंह चेम्जोङ र लाली तामाङले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा टेबलटेनिसमा शनिबार स्वर्ण जितेका छन् ।

ह्विलचेयरको सिंगल्सतर्फ पुरुषमा डिगम र महिलामा लाली पहिलो भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल शारीरिक अपाङ्ग टेबलटेनिस संघको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुषमा अर्पण सुनुवार दोस्रो तथा केशव थापा र विरु ढुंगाना तेस्रो भए । महिलामा सोनिका ढकाल दोस्रो तथा संगीता माझी र धनकुमारी घर्ती तेस्रो बने ।

जोरपाटीमा भएका प्रतियोगिताको स्टेन्डिङतर्फ पुरुष सिंगल्समा विवेक राईले स्वर्ण, स्वीकृत न्यौपानेले रजत तथा सुशील गौतम र मिलन पौडेलले कांस्य जिते ।

सो स्पर्धाको महिलामा पूजा सोती पहिलो, विनिता मगर दोस्रो तथा हरिकला भण्डारी र अनु थापा तेस्रो स्थानमा रहे ।

प्रतियोगितामा ७५ खेलाडी सहभागी थिए ।

पारा टेबलटेनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय